श्रावण ५, २०८२ सोमबार July 21, 2025

जापानबाट भोलि अस्ट्राजेनिका खोप ल्याईंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानबाट अनुदानमा ६ लाख मात्रा अस्ट्राजेनिका खोप भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन्  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया