काठमाण्डौंः नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ८९८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै गत २४ घण्टामा देशभर २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत चौबीस घन्टामा १० हजार ५३० पीसीआर तथा ७ हजार १ सय २४ एन्टिजेन परीक्षण भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया