श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रदेश १ मा १६४ जनामा कोरोना सङ्क्रमण पुष्टीः ३६२ जना कोरोना सङ्क्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा ११२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेशबाहिरका छजनामा सङ्क्रमण देखिएको हो ।

सो अवधिमा प्रदेशमा आजै ३६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र २०५ पुरुष छन् । यसै अवधिमा तीन महिलासहित छजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया