श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टिः १ हजार ९२४ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ रहेको छ।

यसैगरि, २४ घन्टामा १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया