जेठ ४, २०८१ शुक्रबार May 17, 2024

घरजग्गा र सम्पत्ति कर उठाउन पन्चेबाज सहित नगरपालिका आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न आगामी भदौ ९ गते बुधबारदेखि पञ्चेबाजासहित टोलटोलमा अभियान शुरु गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले कर असुल गर्न बुधबारदेखि पञ्चेबाजासहित लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउन लागेको बताउनुभयो ।

महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाले यसअघि गत असार १६ गते र साउन २६ गते कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । असार १६ गते पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरिएको थियो भने साउन २६ गते दोस्रो चरणमा ७२ ठूला करदाताको नाम महानगरले सार्वजनिक गरेको थियो ।

महानगरले ठूला करदाताको नाम सार्वजनिक गर्दै ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो तर महानगरले सूचना गर्दा पनि करदाताले बेवास्ता गरेपछि यो पटक यस्तो तयारी थालिएको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो । यस्तै कर तिर्न बाँकी करदातालाई आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने महानगरले जनाएको छ ।  अझै आलटाल गरे थप समस्या हुने भन्दै कर तिर्न निजी र अर्धसरकारी सङ्घसंस्थालाई महागरले अनुरोध गरेको छ । महानगरले यस अभियानमा ७० करोड रुपियाँ असुल गर्ने लक्ष्य लिएको प्रवक्ता डंगोलले बताउनुभयो ।

उहाँका अनुसार सूचना सार्वजनिक गरेयता हालसम्म करिब तीन करोड रुपियाँ बक्यौता रकम असुल गरिएको छ । सूचना जारी भएपछि सम्पर्कमा आएका व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा एक करोड ५३ लाख राजस्व बुझाएको महानगरले जनाएको छ । कर बुझाउनेमा युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियरिङ (वर्ल्र्ड ट्रेड सेन्टर), नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल र एनआरटी क्लबले पहिलो चरणमा राजशव बुझाएको हो वल्र्ड ट्रेड सेन्टरले एक करोड, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार र एनआरटी क्लबले १९ लाख राजस्व बुझाएको महानगरले जनाएको छ ।

त्यस्तै राजस्व तिर्न बाँकी रकम केही हप्ताभित्र तिर्ने प्रतिबद्धता गरेको प्रवक्ता डङ्गोलले बताउनुभयो । ‘व्यापारिक प्रतिष्ठानले बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । करदातामध्ये कसैले १० दिन, कसैले १५ दिनभित्र बाँकी रकम तिर्ने कागज गर्नुभएको उहाँले बताउनुभयो । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार