काठमाडौंः नेकपा एमाले फुटाउनका लागि निर्वाचन आयोगमा नाम पेस गरिएका ५८ मध्ये ७ जनाको सनाखत नहुने भएको छ ।
सनाखत नहुनेमा झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रवीन्द्र बैठा रहेका छन् ।
हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ । नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ ।
५८ मध्ये ७ जना नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा ज-जसको हस्ताक्षर उनीहरूले मात्र बुधवार सनाखत गर्न पाउने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया