श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि – १ हजार ७८१ जना कोरोना संक्रमणबाट मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालको पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।

त्यस्तै, आज १ हजार ७८१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ७४५ नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया