जेठ ४, २०८१ शुक्रबार May 17, 2024

सुदूरपश्चिममा रावललाई धक्का !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड पनि उनकै चहाना बमोजिम हुन्थ्यो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेका रावलले माधवकुमार नेपालको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि रावललाई उनकै पकड भएको मानिएको सुदूरपश्चिम प्रदेशमै ठूलो धक्का लाग्ने माहोल बनेको छ ।

रावलका विश्वासपात्र नेता र सासंदहरु उनको साथ छोडेर नेपालको नवगठीत नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन्। सुदूरपश्चिम प्रदेश सभामा एमालेबाट निर्वाचित २५ प्रदेश सभा सदस्य हुन्। विगतमा सभामुखबाहेक २४ सासंद मध्य १७ जना नेपाल पक्ष र ७ जना ओली पक्षमा थिए ।

नेपाल पक्षमा रहेका १७ जना नै रावल निकट थिए। १७ जना मध्य अधिकांस सांसद रावलको साथ छोडेर नेपालको पक्षमा देखिएका छन्। आफ्नै विश्वासपात्र र निकट मानिएकाले साथ छोडेर नेपालको पक्षमा उभिएपछि रावललाई धक्का महसुस भएको छ। ‘हिजोका दिनमा नेपाल समूहमा रहेका अधिकांस हामी अहिलेसम्म नेपाल तिर नै हो’, एमाले प्रदेश सभाका सदस्य तारालामा तामाङले भने, ‘अझै छलफल चलिरहेकोले दुई/तीन दिनमा सबै स्पष्ट हुने छ।’ अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ३ सासंद मात्र नेपालको साथ छोडेर रावलको पक्षमा खुलेका छन् ।- नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार