श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा थप १ हजार ५१६ जनामा कोरोना संक्रमण पुष्टिः २ हजार २२२ जना संक्रमणमुक्त, २७ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा २ हजार २२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १० हजार ४५२जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप २७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया