काठमाण्डौंः नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकहरुको लाईसेन्स परिक्षामा ७० प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
काउन्सिलले शुक्रवार विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा लिएको थियो । सो परीक्षामा ४ सय ८० चिकित्सकले फारम भरेकोमा ४ सय ७८ जना परीक्षामा समावेस भएका थिए ।
सहभागी मध्ये ३ सय ३९ जना पास भएको काउन्सिलका रजिष्टार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । डा अधिकारीका अनुसार १३० जना अनुत्तीर्ण भएका छन् भने ९ जनाको परिक्षाफल विथहेल्डमा राखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया