श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुदूरपश्चिम : थप ३५ जनामा सङ्क्रमण, ४० सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप ३५ जनामा  कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टीजेन विधिमार्फत गरी  प्रदेशभर ९७२ जनाको नमूना परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२३ जनाको नमूना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा दुई जना र डडेल्धुरा अस्पतालमा १३ को नमूना परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन विधिमार्फत गरेको परीक्षणमा कञ्चनपुरका तीन, बाजुरा, डडेल्धुराका दुई-दुई र डोटीमा एक जनामा सङ्क्रमण देखिएको हो । यसैबीच उक्त अवधिमा प्रदेशभर ४० जना सङ्क्रमणमुक्त भएका छन् ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया