काठमाण्डौंः प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आवश्यक समयमा प्रदेश सभाबाट विश्वासको मत लिने बताउनुभएको छ ।
सुनसरीको धरानमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले कसैले चाहँदैमा वर्तमान सरकार नढल्ने समेत बताउनु भयो ।
समृद्ध र राजनितिक स्थायित्वका लागि अहिलेको प्रदेश सरकारलाई सवैले सहयोग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासका लागि आफूले तयार गरेको खाका कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया