काठमाण्डौंः पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१ मध्ये विराटनगरमा ४८, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा चार-चार, तेह्रथुममा तीन, उदयपुर र सङ्खुवासभामा दुई-दुई, पाँचथर, भोजपुर र खोटाङमा एक-एक र प्रदेशबाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै ३६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया