श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध नगर्न सरकारको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित सेवा प्रवाहमा अवरोध नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ ।

प्रतिष्ठानका समस्या पहिचान तथा छानबिन गरी उच्चस्तरीय कार्यदलले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त सङ्घर्ष समितिबीच छ बुँदे सहमति भइसकेको सन्दर्भमा कोभिड महामारीको अहिलेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील र अत्यावश्यक सेवा सञ्चालन गतिरोध सृजना नगर्न सरकारले अनुरोध गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत पक्ष र सरकारबीच भएका सहमति कार्यन्वयनमा गइसकेको जानकारी दिँदै नौ बुँदे प्रेस विज्ञप्तिमा सम्बोधन हुन बाँकी माग पनि कार्यान्वयनको प्रक्रियामा रहेकाले स्वास्थ्यसेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यसैबीच, सङ्घर्ष समितिका सदस्य डा पदम नेपालीले तत्काल सम्बोधन गर्न सकिने मागलाई बेवास्ता गर्न नहुनेमा जोड दिए । जनस्वास्थ्यजस्तो संवेदनशील विषयप्रति आफूहरू पनि संवेदनशील रहेको बताउँदै उनले सेवा प्रवाहमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार