असार ३२, २०८२ बुधबार July 16, 2025

नख्खु कारागारमा कैदीबन्दी र नाइकेबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुरको नख्खु कारागारमा कैदीबन्दी र कारागारका नाइकेबीच झडप भएको छ । जेलभित्र रहेका कैदीबन्दीले सामान किनमेल गर्ने पसलमा समानको मूल्य बढी लिएको भन्दै कैदीबन्दीले प्रदर्शन गर्दा झडपको स्थिति बनेको हो ।

सो क्रममा कैदीबन्दी र कारागारका नाइके पक्षबीच सुरुमा विवाद भएको थियो । त्यसपछि कुटाकुट नै भएको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले कैदीबन्दीले आफ्ना असन्तुष्टि राख्दा भनाभन भएको बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहित कारागार व्यवस्थापन पक्षबीचमा आइतबार साँझ नै सो विषयमा सहमति भइसकेको छ ।

असन्तुष्ट रहेका कैदीबन्दीले भने आफ्ना मागसहितको ज्ञापनपत्र कारागार प्रशासनलाई बुझाएका छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया