श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ नारा तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो ।

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका विषयमा ‘समूहगत छलफल’ गरिने छन् । ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको र कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरता क्रममा ‘नेपाली कांग्रेस वृहत सूचना सञ्जाल’ गठन गरिएको छ । पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा सरिक सबैलाई सङ्गठित गर्दै सञ्जाल कार्यक्रमको आचारसंहितासमेत पारित गरिएको विभागले जनाएको छ ।

विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई दिपेश विष्टको संयोजकत्वमा सूचना सञ्जालको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार
देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार