श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२औं स्मृतिमा आयोजित कार्यक्रममा उनले आफूहरु भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र त्यसलाई अझ सुदृढ, विकसित र परिमार्जित गरेर जानुपर्ने बताएका हुन् ।

उनले यो पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरु अगाडि बढाइएको बताए । तल्लोस्तरसम्म योजनाबद्ध ढंगले पार्टीलाई पुनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ ।

एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको भन्दै प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनको भनाइ थियो । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ,’ उनले भने ।

अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे ।

आफूहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको प्रचण्डको आरोप छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार
जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
२०८२ श्रावण १, बिहिबार
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार