श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील, जनप्रतिनिधिले एमाले छाडेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले बिभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आठ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा (एकीकृत समाजवादी) मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन् ।

एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी आठ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन् । अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि आठ जिल्लाका प्रतिनिधिले नछाड्दा नेकपा (एस) शून्यमा पुगेको हो । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया