श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । हाल जारी कोभिड–१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह छ ।

नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालिन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा अभूतपूर्व चुनौत ल्याएको बताएका छन् । विश्वका कुनै पनि देश कोभिड–१९ जस्ता रोगको आपतकालिन सामना गर्न तयार नरहेको अहिलेको स्वास्थ्य प्रणालीले देखाएको उनले बताए ।

आपतकालिन जोखिम व्यवस्थापनको सवलिकरण सन् २०१४ देखि यसक्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ ।

‘राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् । महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्,’ उनले भने । स्वास्थ्य सुरक्षा प्रणालीका गम्भीर कमी, कमजोरीलाई सम्बोधन गर्नु अहिलेको प्रथम आवश्यकता रहेको उनले बताए ।

बैठकमा सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नतालगायत तयारी प्रक्रियाका विभिन्न पक्षमा समेत छलफल गरेका छन्  ।न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार