श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा थप १२७१ कोरोना संक्रमित थपिए, १४ जनाको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४४ जनामा परीक्षण गर्दा एक हजार दुई सय ७१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा सक्रमणको दर १९.४ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २८ हजार ६ सय ७८ जना  छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार अपरान्हसम्म सात लाख ३५ हजार ६  जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ९ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म १० हजार नौ सय तीन जनाको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै चार सय ५८ जना सघन उपचार कक्ष (आईसीयू), १३९ जना भेन्टिलेटर, २६ हजार आठ सय ८६  जना होम आइसोलेसन, एक हजार सात सय ९२ जना संस्थागत आइसोलेसन र दुई सय ६१ जना क्वारेन्टिनमा  छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार