श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा थप ११४६ कोरोना संक्रमित थपिए, २१ जनाको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशभर पछिल्लो २४ घण्टामा एक हजार १४६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या २७ हजार ९५८ जना रहेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १५ छन् । नेपालमा सक्रिय संक्रमण दर १९.३ प्रतिशत रहेको छ ।

यस्तै आज एक हजार ६६० जनाले कोरोना जितेका छन् । हालसम्म कूल सात लाख ३६ हजार ६६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाले ज्यान गुमाएका छन् । हालसम्म कूल १० हजार ९२४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

हाल देशभर ४५८ जना सघन उपचार कक्ष (आइसियु), १४५ जना भेन्टिलेटर, २६ हजार २९६  जना होम आइसोलेसन, एक हजार ६६२ जना संस्थागत आइसोलेसन र २५२ जना क्वारेन्टाइनमा रहेका छन् । न्यूजकारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार