श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा थप ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टिः एक हजार तीन सय ६८ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । १२ जनाको मृत्यु भएको छ ।

कुल ९ हजार ८ सय ४० परीक्षणमा ९ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १ प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।

पछिल्लो पटक एक हजार तीन सय ६८ जना संक्रमणमुक्त भएका छन । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ । थप १२ जनाको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या सख्या १० हजार नौ सय ३६ पुगेको छ ।

नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित छन् । चार सय ५६ जनाको आईसीयू र एक सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक ६८ हजार ६ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । नेपालमा पूर्ण खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार