श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ८३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ८७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार १४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९४९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी आइतबारसम्म २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४५४ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् भने १४० जना भेन्टिलटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २५ हजार १७१ जना होम आइसोलेशनमा र १५ सय ८६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ३२१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार