असार ३२, २०८२ बुधबार July 16, 2025

‘क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन गराउनु दुःखद’- काँग्रेस संस्थापनईतर समुह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ ।

संस्थापन इतर समूहले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्डबमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्ता कार्य लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य परम्पराविपरीत हुन् भन्नुभयो । उहाँले अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो नलाग्नु दुःखद भएको बताउनुभयो । उहाँले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्नसमेत माग गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया