असार ३२, २०८२ बुधबार July 16, 2025

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने एकीकृत समाजवादीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले संसदीय दलको नेता चयन भने चयन गर्न सकेन । यद्यपि, बैठकले प्रदेश सभा सदस्य दुर्गा विक, अमर साउद र कलवीर चौधरी रहने गरी विधान मस्यौदा समिति बनाएको छ ।

प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य छन् भने दुई जना सरकारमा सहभागी छन् । एमालेमै रहँदा सरकारमा सहभागी भएका दुवैले एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया