असार ३२, २०८२ बुधबार July 16, 2025

प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालबीच एकघण्टा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्तारुढ गठबन्धनका शीर्ष नेता प्रचण्ड र माधव नेपालले भेटवार्ता गरेका छन् ।

मंगलबार साँझ ६ बजेदेखि सात बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया