श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।

घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई भत्तावापतको रकम दिँदै आएको छ ।

स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्तावापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । सो कार्यक्रमअन्र्तगत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकका लागि रु एक हजार दुई सय भत्तावापत रकम दिने गरिएको छ ।

सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर लुगासमेत दिने गरिएको छ । पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्यृदर शुन्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार