श्रावण ६, २०८२ मंगलबार July 22, 2025

खाली हुँदै आइसोलेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः चितवन जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लामा सात स्थानीय तहहरूले कोरोना कहरको समयमा स्थानीयको उपचारका लागि भन्दै स्थानीय तहमै आइसोलेशन सञ्चालनमा ल्याएका थिए ।

सात स्थानीय तहमध्ये अहिले पाँच स्थानीय तहका अइसोलेशनमा बिरामीको सङ्ख्या शून्य छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या शून्य छ ।

माडी नगरपालिकाको आइसोलेशनमा एक र कालिका नगरपालिकाको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिईन् । जिल्लाका सात पालिकाका आइसोलेशनमा र अस्पतालमा गरी ७१७ बिरामी अट्ने शय्यामा अहिले ४८ सङ्क्रमित छन् । भरतपुर अस्पतालमा ११० शय्या कोभिडका लागि छुट्याइएकामा हाल ३६ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

चितवन मेडिकल कलेजमा आठ कोभिडका बिरामीको उपचार भइरहेको छ । यस अस्पतालमा १३२ शय्या कोभिडका लागि छुट्याइएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या शून्य छ । यस अस्पतालमा २१० शय्या कोभिडको उपचारका लागि छुट्याइएको उनले जानकारी दिईन् ।

यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १४० शय्यामा एक सङ्क्रमितको उपचार भइरहेको छ । स्थानीय तहअन्तर्गत भरतपुर महानगरपालिकाले शिवनगरमा सञ्चालन गरेको कोभिड अस्पतालमा ३० शय्या भए पनि हाल सङ्क्रमित छैनन् । माडी नगरपालिकाको १० शय्याको आइसोलेशनमा एक, रत्ननगर नगरपालिकाको आठ शय्या, राप्ती, खैरहनी नगरपालिकामा सङ्क्रमित शून्य रहेको उनले बताईन् । यस्तै कालिका नगरपालिकामा १२ शय्याको आइसोलेशनमा दुई बिरामीको उपचार भइरहेको छ । इच्छाकामना गाउँपालिकाको २५ शय्याको अस्पतालमा शून्य सङ्क्रमित छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या ६८५ र छन् । जसमध्ये अस्पतालमा ३० सङ्क्रमित छन् । छ सय ५५ जना होम आइसोलेशनमा छन् । हालसम्म २५ हजार ३८१ कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये २४ हजार २८९ सङ्क्रमण भुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण ४०७ को मृत्यु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार