श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बागमतीमा १८ लाखले लगाए खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ ।

प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ ।

प्रदेशमा १८ वर्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन् । बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७९२ अर्थात् १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले बताए । तीमध्ये हालसम्म चार लाख १० हजार २६८ अर्थात् ९६।३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ । प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार ३७२ को मृत्यु भएको जनाइएको छ ।

प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३०० ले भेरोसेल र पाँच हजार ९२३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् । काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन् ।

त्यसैगरी ललितपुरमा दुई लाख २२ हजार २३३, भक्तपुरमा एक लाख ६५ हजार ८९६, नुवाकोटमा ५६ हजार ५३३, धादिङमा ५२ हजार ६२७ चितवनमा एक लाख ५१ हजार १९३ सिन्धुलीमा ३१ हजार ५०३, रामेछापमा ७१ हजार ३५६, दोलखामा ३२ हजार ३२५ काभ्रेमा एक लाख दुई हजार १०० तथा सिन्धुपाल्चोक जिल्लामा ४९ हजार ६८३ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार