काठमाडौं: नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।
हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया