काठमाडौंः मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १६५ जना र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७० हजार १७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६८९ जना कोरोनामुक्त भए, ११ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार १७९ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ९७ हजार ०४७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया