श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको तथ्याङ्कानुसार जिल्लामा १८ वर्षमाथिका ३६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् । त्यसैगरी जिल्लामा हालसम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययन गर्ने दुई हजार ६६६ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कूल ६६ हजार ९९२ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ हजार ७०८ नागरिकले पूर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौंले बताउनुभयो ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसूतिपश्चात हुने जाँच गर्ने महिलाको सङ्ख्या भने बढ्दै गएको छ । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रम सञ्चालन भएसँगै आव २०७६÷७७ मा ११ प्रतिशत रहेकामा गत आवमा १८ प्रतिशत पुगेको गुरौंले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार