काठमाडौंः नेपाली बजारमा साताको तेस्रो दिन सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार घटेर कारोबार भएको सुनचाँदी मंगलबार भने बढेको हो ।
आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ८९ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । यसअघि भने यो सुनको मुल्य ८८ हजार ९०० रुपैयाँ रहेको थियो । सोही परिमाणको तेजावी सुन भने आज मंगलबार प्रतितोला ८८ हजार ७५० रुपैयाँ रहेको छ ।
यता, चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार एक हजार १३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी मंगलबार एक हजार १४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया