काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । बैंकको यही असोज ४ गते सोमबार बसेको सञ्चालक समितिको ९८ औं बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७७/०७८ को वित्तीय विवरणअनुसार आर्थिक बर्षको अन्त्यसम्मको सञ्चित मुनाफामध्य वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँ बराबरको करसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित एवम् अर्थ मन्त्रालयको स्वीकृति वितरण गरिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया