काठमाण्डौंः बाँकेमा असोज १२ गतेदेखि तीन दिन भेरोसेल खोप लगाइने भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार असोज १२, १३ र १४ गते ४५ बर्ष माथिका सबै नागरिक र १८ बर्ष माथिका छुटेका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ ।
जिल्लाका सबै वडा स्वास्थ्य संस्थाबाट खोप लगाइने फोकल पर्सन तेज वलीले बताउनुभयो । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाण र विद्यार्थीले परिचयपत्र लिएर जानुपर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया