काठमाण्डौंः बाँकेका प्रयोगशालामा थप ३६ जनामा कोरोना पुष्टि भएको छ । आज थप ५ जना डिस्चार्ज भएका छन् ।५ जना डिस्चार्ज भएका छन् ।
यहाँका तीन वटा प्रयोगशालामा गरिएको १ सय ४१ नमुना परीक्षणमा बाँकेका २२ जनासहित ३६ जनामा कोरोना पुष्टि भएको हो । अन्य जिल्लाका १४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन ।
आज भेरी अस्पतालमा मात्र ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । अन्य प्रयोगशालामा कोभिड पुष्टि भएको छैन । बाँकेमा नेपालगञ्जका मात्रै १६ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म बाँकेमा १८ हजार १ सय ७० जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ७ सय ६५ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३२ जनाको मृत्यु भएको छ ।
जिल्लामा ९४ जना सक्रिय संक्रमित रहँदा २९ जना अस्पताल र आइसोलेसनमा छन् भने ६९ जना होम आइसोलेसनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया