काठमाण्डौंः नेपालमा थप एक हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ।
नौ हजार ६ सय २६ पीसीआर परीक्षणमा एक हजार ३६ र तीन हजार ९ सय ९६ एन्टिजेन परीक्षणमा २ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक काठमाडौंमा दुई सय ६१, कास्कीमा एक सय ६ ललितपुरमा ९८ मोरङमा ९६ सुनसरीमा ७१ चितवनमा ६८ र झापामा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय एक हजार ८ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन । देशभर २१ हजार ५ सय २४ जना सक्रिय संक्रमित छन । त्यसमध्ये तीन सय ३५ जनाको आइसियू र एक सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक ५ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । पछिल्लो पटक ५५ हजार दुई सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया