श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।

घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बङ्गलाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दङ्गीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए ।

“पैँतालिस ४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ”, शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ ।

जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए ।

जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि सुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ । कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ । सो क्रममा छुटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जनाएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार
‘सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय’
२०८२ श्रावण ६, मंगलबार
साफ यु-२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली स्वदेश फिर्ता
२०८२ श्रावण ६, मंगलबार
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार