काठमाण्डौंः सोलुखुम्बुमा दुई हजार आठ सय विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाका आठ वटै स्थानीय तहका दुई हजार ८६३ जना विद्यार्थीलाई खोप लगाइएको हो ।
जसमा सोलुदूधकुण्ड नगरपालिकाका एक हजार २७५ जना, सोताङ गाउँपालिकाका तीन सय, माप्य दूधकोशीका ४१०, महाकुलुङका १८८, खुम्बु पासाङल्हामूका एक सय, थुलुङ दूधकोशीका २५५, नेचासल्यानका २८५ र लिखुपिके गाउँपालिकाका ५० जना १८ वर्ष माथिका विद्यार्थीलाई एस्टाजेनेका खोप लगाइएको बताइएको छ ।
विद्यार्थीका लागि खोप अभियान भदौ २० देखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । खोपपछि कक्षा १२ को परीक्षामा भौतिक उपस्थितिमा विद्यार्थीहरू परीक्षा दिइरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया