काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पाँच दलीय गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको भेलालाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले बुधवार भएको सत्ता गठबन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठबन्धन नै बनाएर अर्को चुनावसम्म जाने सङ्कल्प गरिएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना ल्याएर गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया