काठमाण्डौंः ‘ब्याक टू लाइफ’ नामक अन्तर्राष्ट्रिय संस्थाले प्रदेश अस्पताल सुर्खेतलाई कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
संस्थाले बुधवार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान, प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेनटल एक्स रे मेसिन १ सेट हस्तान्तरण सहयोग गरेको हो ।
ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकचन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले करिब एक करोड मूल्यका स्वास्थ्य सामाग्री प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया