श्रावण २, २०८२ शुक्रबार July 18, 2025

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ ।

यस्तै अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ ।

चालू आवको पहिलो महिनामा कूल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५० अर्ब ७३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ ।

सो अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालय बाहेक नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । कैलाली भन्सार कार्यालयबाहेक नाकाबाट भएको आयात वृद्धि भएको छ । गत साउनमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रु नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार