श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बीरगंज भन्सारद्धारा दुई महिनामा ३२ अर्ब ५५ करोडभन्दा बढी राजस्व असुली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगंज आइसिपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/७९ को दुई महिनामा ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले तोकेको लक्ष्यभन्दा पनि १८ प्रतिशत बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रणमा आएसँगै आयात निर्यात बढेपछि बीरगंज भन्सार कार्यालयलाई अर्थमन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले  बताउनुभयो ।

बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले दुई महिनामा २७ अर्ब ५३ करोड, ६९ लाख ३९ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको भए पनि  लक्ष्यभन्दा  ५ अर्ब १ करोड ६१ लाख ९१ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को दुई महिनामा भन्सार राजस्वतर्फ ११ अर्ब ७२ करोड ५८ लाख ९७ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ १२ अर्ब २६ करोड ४९ लाख ६६ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी, अन्त शुल्क तर्फ ४ अर्ब ४१ करोड ५० लाख २२ हजार असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो ।

त्यस्तै, बीरगंज भन्सार कार्यालयले पूर्वाधार करतर्फ २ अर्ब ७ करोड ४७ लाख ४२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ २२ करोड ६ लाख ९६ हजार असुली गरेको छ ।

यसैगरी वीरगंज भन्सार कार्यालयले सडक निर्माण तथा सम्भार दस्तुर तर्फ १ अर्ब २३ करोड ७७ लाख २८ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चाडपर्व भित्रिने क्रम सुरु भएको र कोरोना नियन्त्रणमा आएसँगै आयात निर्यात व्यापारमा वृद्धि भएपछि वीरगंज भन्सार कार्यालयको राजस्व असुली लक्ष्यभन्दा बढी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार