काठमाडौंः नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो ।
बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताव र विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिने एजेन्डा तय भएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक भोलिसम्म चल्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया