असार २९, २०८२ आइतबार July 13, 2025

पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ला कमिटी क्रियाशील छन् ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आवद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिका हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता तथा क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तिलाई सङ्गठित गरिएको बताए । सो प्रदेशको आयोजनामा बिहीबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् कार्यकर्ता भेला आयोजना गरिएको थियो ।

अध्यक्ष शाक्यले सामाजिक क्षेत्रका साथै विभिन्न उत्पादनशील क्षेत्रमा समेत पार्टी कामलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै पेशागत, प्राविधिक, सूचना, सञ्चार, श्रम, प्रवासबाट फर्किएका श्रमिक, खेलकुद, मनोरञ्जन क्षेत्र, सुरक्षा, पर्यटन, उद्योग, व्यापार–व्यवसाय, कला, साहित्य–संस्कृतिको क्षेत्रमा समेत यस किसिमका सङ्गठनात्मक गतिविधिलाई अघि बढाइने बताए ।

उनले यस क्षेत्रमा कार्यरत पेशाकर्मी, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थीको हकहित र उन्नतिका लागि सङ्गठित तथा परिचालित गर्ने, आफ्नो पेशागत हकहित सुरक्षा र स्तरोन्नति गर्दै आ–आफ्नो क्षेत्रको विशेषज्ञका रूपमा जनशक्ति निर्माणका लागि प्रेरित गर्दै आवश्यक समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रमा रही पार्टीप्रति प्रतिबद्ध, अनुशासित, निष्ठावान र समर्पित बनी काम गरिने पनि उनको भनाइ छ ।

यसैबीच एमालेको यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि प्रस्तुत गरिने राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदामाथि छलफल गर्न यही असोज ८ र ९ गते पार्टीको केन्द्रीय कमिटीको बस्दैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार