श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गण्डकी प्रदेशमा ६ लाख ९ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशमा ६ लाख ९ हजार २३ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्  ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पुरा डोज  लगाउने ६ लाख ९ हजार २३ जना र पहिलो डोज लगाउनेको सङ्ख्या ६ लाख ९४ हजार ४ सय ७२ जना रहेका छन् ।

गण्डकीमा पहिलो मात्रा लगाउनेको प्रतिशत ४७ र दोस्रो मात्रा लगाउनको ४१ प्रतिशत रहेको निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

गण्डकीमा १८ वर्षमाथिको जनसङ्ख्या १४ लाख ८० हजार १०८ रहेको छ ।

गण्डकी प्रदेशका राजधानी समेत रहेको कास्कीमा १ लाख ७५ हजार ७ सय १८ जनाले पूर्ण खोप लगाएका छन् भने १ लाख ६४ हजार ४ सय ३२ जनाले पहिलो डोज खोप लगाएर दोस्रो खोप लगाउने तयारीमा रहेका छन्  ।

कास्कीमा दोस्रो डोज लगाउनेको प्रतिशत ५४ र पहिलो मात्रा लगाउनको ५१ रहेको छ । कास्कीमा १८ वर्षमाथिको जनसङ्ख्या ३ लाख २४ हजार ५ सय ९३ रहेका छन् ।

त्यसैगरी, मनाङमा पुरा डोज खोप लगाउनेको सङ्ख्या ४ हजार ४ सय ७९ रहेको छ भने पहिलो डोज लगाउनेको सङ्ख्या ५ हजार ८८ रहेको छ ।

पहिलो मात्रा लगाउनको प्रतिशत १०३ र दोस्रो मात्रा लगानेको ९० प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।  मनाङमा १८ वर्ष माथिको जनसङ्ख्या ४ हजार ९ सय ५६ रहेको छ ।

त्यस्तै मुस्ताङमा सबैले पुरा डोज खोप लगाइ सकेका छन् । मुस्ताङमा ६ हजार ३ सय ९ जना १८ वर्षमाथिको जनसङ्ख्या रहेको र सबैले खोप लगाइसकेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै,  गोरखामा पुरा डोज खोप लगाउनेको सङ्ख्या ५ हजार ५ सय ५२ रहेको छ भने पहिलो डोज लगाउनेको सङ्ख्या ६४ हजार ८ सय २५ रहेको छ । गोरखामा १८ वर्ष माथिको जनसङ्ख्या १ लाख ६६ हजार ३ सय ३३ रहेको छ ।

त्यसैगरी, म्याग्दीमा २१ हजार २ सय ५७ जनाले पुरा डोज लगाएका छन् भने २७ हजार ९ सय ४९ जनाले पहिलो डोज खोप लगाएका छन् । म्याग्दीमा ६८ हजार ९ जना १८ वर्षमाथिको जनसङ्ख्या रहेको छ ।

त्यस्तै, तनहुँमा पुरा डोज खोप लगाउनेको सङ्ख्या ६४ हजार ९ सय ८० रहेको छ भने ८५ हजार ८ सय १७ जनाले पहिलो डोज खोप लगाएका छन् । तनहुँमा १८ वर्षमाथिको जनसङ्ख्या १ लाख ९६ हजार ८ सय ७८ रहेको छ ।

नवलपरासीमा ६६ हजार ६ सय २३ जनाले पुरा डोज खोप लगाएका छन् भने ९३ हजार १ सय ८५ जनाले पहिलो डोज खोप लगाएका छन् । नवलपरासीमा १८ वर्षमाथिको जनसङ्ख्या १ लाख ९७ हजार ४ सय ७५रहेको छ ।

त्यसैगरी, स्याङ्जामा ६९ हजार ५ सय ८जनाले पुरा डोज र ८६ हजार ६ सय १४ जनाले पहिलो डोज खोप लगाएका छन् । स्याङ्जामा १ लाख ७८ हजार ४ सय ८० जना १८ वर्षमाथिको जनसङ्ख्या रहेको छ ।

त्यस्तै, पर्वतमा ३६ हजार ९ सय ९३ जनाले पुरा डोज र ४० हजार १ सय ५६ जनाले पहिलो डोज खोप लगाएका छन् । पर्वतमा १८ वर्षमाथिको जनसङ्ख्या ८९ हजार ३ सय १६ रहेको छ ।

बागलुङमा ४९ हजार २ सय १९ ले पुरा डोज र ६१ हजार २ सय ४७ ले पहिलो डोज खोप लगाएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ । बागलुङमा १८ वर्षमाथिको जनसङ्ख्या १ लाख ५६ हजार ९ सय ६० रहेको छ ।

पोखरा महानगरपालिकामा आजदेखि ११ गतेसम्म कोरोना विरुद्धको खोप लगाइँदै

पोखरा महानगरपालिकाले आजदेखि ११ गतेसम्म कोरोना विरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गरेको छ  । महानगरपालिकाले ४५ देखि ५२ वर्षसम्मलाई खोप लगाउने भएको हो ।

पोखरा महानगरले बुधवार सूचना जारी गर्दै महानगरभित्रका ४९ खोप केन्द्रको तालिकासहित खोप लगाउने जानकारी गराएको छ ।

महानगरका सहरी स्वास्थ्य केन्द्र, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सार्वजनिक स्थलमा केन्द्र तोकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिनुभयो ।

सरकारले चीनबाट ल्याएका ४४ लाख खोपमध्ये गण्डकीलाई १ लाख ६० हजार डोज उपलब्ध गराएको छ । यसमध्ये कास्कीमा ५७ हजार डोज आएको छ ।

पोखरा महानगरपालिका र गाउँपालिकालाई उक्त खोप उपलब्ध गराइएको छ ।

महानगरपालिकामा ४५ वर्षमाथिका २९ हजार ९ सय २४ नागरिक रहेको स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले जनाकारी दिनुभयो ।

महानगरपालिकाले ८ देखि ११ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

आचार्यका अनुसार महानगरले अहिलेसम्म अत्यावश्यक सेवाका, ५२ वर्षमाथिका व्यक्तिलाई २ लाख ७४ हजार डोज खोप लगाइसकेको छ । यसमध्ये १ लाख ३५ हजार ९ सय १ जनाले पूर्ण खोप पाएका छन्  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार