असार २९, २०८२ आइतबार July 13, 2025

किसान महासङ्घको संयुक्त राष्ट्रिय भेला चितवनमा सुरुः शनिबार चितवन घोषणा पत्र जारी गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घको संयुक्त राष्ट्रिय भेला आजबाट चितवनमा सुरु भएको छ ।  नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले भेलाको आज भरतपुरमा उद्घाटन गर्नु भएको थियो ।

भेलालाई उद्घाटन गर्दै स्थायी कमिटी थापाले किसानको विकास र समृद्धिले मात्र देश विकास सम्भव हुने बताउनुभयो । उहाँले कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, बागमती प्रदेशका पूर्व कृषि मन्त्री दावाद्वोर्जे लामा लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

विषयगत उत्पादक, सामुदायिक र वर्गीय किसानका २२ सङ्गठनका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको छ ।

भोलिसम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३ सयभन्दा बढी किसान प्रतिनिधिको सहभागिता रहेको अखिल नेपाल किसान महासङ्घ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिनुभयो ।

भेलामा २२ विषयगत सङ्घको समूहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकीकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुने बताइएको छ ।

अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढङ्गले उठान गरी अगाडि लगिने जानकारी दिनुभयो ।

राष्ट्रिय भेला पश्चात् किसान महासङ्घले भोलि शनिबार चितवन घोषणा पत्र जारी गर्ने समेत जनाइएको छ ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा.दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ चितवनका इन्चार्ज शम्भु सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार