श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बेनी अस्पतालमा ६४ शय्या सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शय्याको सेवा सञ्चालन गरेको छ । पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले आज बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो । अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले गत वर्षसम्म ३५ शय्याको सेवा दिएको अस्पतालले हाल ६४ शय्या सञ्चालन गरेको जानकारी दिनुभयो ।

“विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालमा पछिल्लो पटक २५ शय्याको कोभिड, पाँच शय्याको सघन र १२ शय्याको बालरोग कक्ष थपिएको छ”, उहाँले भन्नुभयो, “जनशक्ति र पूर्वाधार अभावका बाबजुद सेवा सञ्चालन गरेका छौँ ।” विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, स्वास्थ्य सहायक, अहेवलगायत दरबन्दीअनुसार जनशक्ति अभाव अस्पतालको चुनौती देखिएको छ । गत वर्ष ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलाइसीस, १२३ वटा शल्यक्रियामार्फत गरिने ७३४ जनाले प्रसूति र २०३ जना कोरोना सङ्क्रमितको उपचार भएको छ ।

१३ हजार ९३२ जना स्वास्थ्य बीमा गरेका नागरिकलाई औषधि उपचार सेवा उपलब्ध गराई रु एक करोड चार लाख ५४ हजार ९६८ भुक्तानी पाएको अस्पतालले स्वास्थ्य बीमा वापतको थप रु २३ लाख भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गत वर्ष बालरोग उपचार कक्ष, प्रसूति प्रतिक्षागृह, एकद्धार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन, प्लान्टबाट सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गर्ने र भूमिगत पानी तानेर खानेपानीको आपूर्ति व्यवस्था मिलाइएको बताउनुभयो । “इण्डोस्कोपी र आँखा उपचार कक्ष पनि सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “अस्पतालमा सेवा र सुविधा बढेपछि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने जिल्लावासीको बाध्यता हट्न थालेको छ ।”

विद्युत् आपूर्तिमा हुने अनियमितताका कारण एक्सरे र डायलाइसीस मेसिन बिग्रने, निर्माणाधीन ५० शय्या क्षमताको भवन अलपत्र पर्नु र दरबन्दी अनुसारका जनशक्तिको अभाव अस्पतालको चुनौती रहेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा रु चार करोड दुई लाख ५४ हजार आम्दानी गरेको अस्पतालले रु चार करोड ३८ लाख खर्च गरेको छ । एक करोड ८३ लाख मौज्दात रहेको अस्पतालको खातामा स्वास्थ्य बीमा र कोभिड शिर्षकको बजेट आएपछि खर्चभन्दा आम्दानी बढी देखिने प्रमुख डाक्टर कँडेलले बताउनुभयो । सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ गणेशबहादुर अधिकारी, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा जनशक्ति र पूर्वाधार ब्यवस्थापनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस
–––

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार