श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पन्ध्र शैय्याको बागलुङ नगरअस्पताल शुभारम्भ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागलुङ नगरपालिकामा १५ शैय्याको नगरअस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरूप बागलुङ नगरपालिका–१३ पैंयुपाटामा नगरअस्पतालको आज बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुृभयो ।

नगरअस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरे पनि नेपाल सरकारले नगरअस्पताल स्वीकृत दिएको छ । पैंयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी बागलुङ नगरअस्पतालको रूपमा सेवा दिन थालिएको छ । नगरअस्पताललाई आवश्यक भवन निर्माण ठेक्का स्वीकृत भएर अगाडि बढेको र अहिले साविक स्वास्थ्यचौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“जग्गा अपुग तथा अन्य स्थानसमेतमा नगरअस्पताल स्वीकृत भएकाले समस्या भएको थियो, संशोधनपश्चात् पैंयुपाटामै नगरअस्पताल स्थापना भएको छ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने भएको छ, तत्कालै हामीले एक जना मेडिकल अधिकृत व्यवस्थापनका लागि रु १० विनियोजन गरेका छौँ, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच शैय्याका लागि केही स्वास्थ्य सामग्री प्रदान गरेको छ, आजदेखि अस्पतालले सेवा दिन थालेको छ ।”

नगरअस्पताल शुरु भए पनि सेवा दिँदै गर्ने र आवश्यकअनुसार नौ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण हुने गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा रामबहादुर केसीले बताउनुभयो । उहाँले १५ शैय्याका लागि आवश्यक दरबन्दी छिट्टै पठाउने बताउनुभयो ।

आइएमी गु्रपमा अध्यक्ष चन्द्र ढकालको रु १० लाख र अन्य स्थानीयको दिएको पाँच लाख गरी १५ लाख लागतमा जग्गा खरिद गरेर अस्पताल निर्माण गर्न थालेको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । “धेरै दुःख गरेर जग्गाको जोहो भएपछि अस्पतालले स्वीकृत पायो, अहिले स्वास्थ्यचौकीबाटै सेवा दिइने र अस्पताल निर्माण तत्कालै थालिने छ”, अध्यक्ष पौडेलले भन्नुभयो, “नगरपालिकाको निरन्तरको पहलमा ढिलै भए पनि अस्पताल शुरु भएको छ, जसले बलेवा क्षेत्रका वासिन्दालाई स्वास्थ्य सेवा पाउन निकै सहज हुनेछ ।” दैलोमै अस्पताल शुरु भएपछि खुशी लागेको स्थानीय पवित्रा कुमारी रोकाले बताउनुभयो ।

अस्पताल निर्माणको लागि सरकारले रु १८ करोड बजेट बिनियोजन गरे पनि रु १२ करोड ८७ लाखमा महालक्ष्मी निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । स्वास्थ्य चौकीमा हालसम्म जनस्वास्थ्य निरीक्षकसहित आठ जनाले सेवा दिँदै आएका थिए ।

स्वास्थ्य चौकीका प्रमुख दुर्गाप्रशाद पौडेलका अनुसार आजदेखि अस्पतालले प्रदान गर्ने सेवा दिँदै जाने र जनशक्ति तथा उपकरण थपिँदै जानेछन् । नगरअस्पतालमा दुई दुई मेडिकल अधिकृतसहित २७ दरबन्दी स्वीकृत भएको छ । अस्पताल स्थापना भएसँगै १५ शैय्या, प्रयोगशाला, फर्मेसीलगयात अन्य सेवा थपिने छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार
‘सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय’
२०८२ श्रावण ६, मंगलबार