काठमाडौंः साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले ओरालो लागेको छ। योसँगै प्रतितोला चाँदी १ हजार १५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया